२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

रुपन्देहीमा दुर्घटना गरी फरार चालक र गाडी भैरहवाको गल्लामण्डीबाट पक्राउ



भैरहवा । सोमबार रुपन्देहीको ओमसतिया-४ पननीमा भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् ।

स्थानीय छठ घाट रोहिणी खोला जाँदै गरेका सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीनजनाको मृत्यु र दुईजना घाइते भएका थिए । ठक्करपछि फरार रहेको चालक र गाडीलाई रुपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको हो ।

बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छाडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

अनुसन्धानबाट रुपन्देहीको रोहिणी गाउँपालिका-३ घर हुने अजयकुमार चौधरीले चलाएको बा८च ६५३२ नम्वरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा परेको गाडी सिद्धार्थनगर-४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले बताए ।

दुर्घटनामा परी ओमसतिया-४ पननीकै ३५ दिनको शिशु श्रीराम कुर्मी, वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : २९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s