५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान



काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका छन् ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद दिए । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरे ।

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै आयोगका प्रवक्ता एवं सहसचिव श्री शालिग्राम शर्मा पौडेलले भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताए । उनले यसअघिका निर्वाचनमा पनि भारत सरकारले सहयोग गर्दै आएकोसमेत स्मरण गरे । उक्त समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो ।

sf7df8f}, sflt{s !& M cfufdL dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf] nflu ef/t ;/sf/sf tkm{af6 pkxf/ :j?k k|fKt *) j6f :s/lkof] uf8L lbPsf] 5 . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : १२ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा