२३ माघ २०८२, शुक्रबार | February 6, 2026

दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या



दाङ । घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका(१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मानसिक रोगका बिरामी नवीनलाई उपचारका लागि बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा रक्तचाप उच्च भएपछि चिकित्सकले अस्पतालमै बस्न सुझाव दिएका थिए । त्यसपछि उनीहरू नजिकै फुपूको घरमा बसेकोमा राति नवीनले निरुलाई सलले घाँटी दाबेर हत्या गरी आफू पनि पंखामा झुण्डिएर आत्महत्या गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए ।

बिहान कोठाबाट कोही ननिस्किएपछि ढोका खोलेर हेर्दा दुवै मृत भेटिएको उनले जनाए । मृतकका दुई छोरा र एक छोरी छन् । दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ०१ बजे

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।