४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

आज रुपन्देहीमा नेपाल-भारत अन्तरसीमा समन्वय सुरक्षा बैठक हुँदै



बुटवल । मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच अन्तरदेशिय सुरक्षा बैठक हुने भएको छ । आज(शनिबार) अपरान्ह रुपन्देहीमा अन्तरसीमा समन्वय बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी तथा सीमा जोडिएका भारतका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा अधिकारीको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

आसन्न निर्वाचनमा केन्द्रीत रहेर सीमाक्षेत्रमा हुन सक्ने गतिबिधि र निर्वाचन लक्षित सीमानाका सिल गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । पाण्डेका अनुसार त्यस अलावा लागु औषध, साना हतियारको ओसारपसार, अपराधिक गतिबिधिका बारेमा सूचना आदान प्रदान जस्ता विषयहरु छलफलको एजेण्डा रहेको छ । बैठकमा चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा पनि छलफल हुने पाण्डेले जानकारी दिए ।

शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपियास्थित लुम्बिनी रिसोर्टमा बैठक तय भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ३६ बजे

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक