२१ भदौ २०८३, आइतबार | September 7, 2026

राष्ट्रियताको पक्षमा असाधारण प्रदर्शन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा असाधारण एकता प्रदर्शन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकताको पक्षमा मंगलबार संसदमा असाधारण एकता प्रदर्शन भएको भन्दै गर्व गर्नुभएको हो ।

ओलीले राष्ट्रिता, कोभिड–१९ को जटिलता र सबैखाले अप्ठेरोका सन्दर्भमा राष्ट्रिय एकता कायम हुन सकेको भन्दै संयुक्त साझा प्रयासबाट मात्र समाधान हुन सक्ने बताउनुभयो ।

ओलीले शक्ति केन्द्रित गर्ने चाहनाले नभई सबै निकायको प्रभावकारी परिचालनका लागि ती कार्यालय प्रधानमन्त्री मातहत ल्याइएको बताउनुभयो ।

उहाँले सरकारका सबै अंगको प्रभावकारी परिचालनका लागि केही कार्यालयहरुलाई प्रधानमन्त्री मातहत लाइएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अंगको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो।’

कोरोना भाइरसको संक्रमण अझै लामो समयसम्म रहने बताउँदै ओलीले त्यसविरुद्ध राष्ट्रिय अर्थतन्त्रलाई चलायमान गराउने गरी अघि बढ्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । उहाँले विदेशमा रोजगारी गुमाएका लाखौं युवा स्वदेश फकिँदै गरेको जिकिर गर्दै उनीहरुलाई देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने प्रेसर बढेको बताउनुभयो ।

अहिले युवालाई विशेष गरी अप्ठेरो भएको भन्दै उनीहरुका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो । तर, एकैचोटी अप्ठेरो आएको हुँदा त्यसलाई सम्बोधन गर्न सहज नभएको स्वीकार गर्नुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १२ : ०१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त