१८ माघ २०८२, आइतबार | February 1, 2026

निर्वाचन केन्द्रीत नेपाल-भारत सुरक्षा बैठक सम्पन्न : निर्वाचन अवधिको ७२ घण्टा सीमानाका सिल गरिने



बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका ७२ घण्टा सील गरिने भएको छ । नेपाल र भारतका प्रशासन तथा सुरक्षा अधिकारीहरुको आज बसेको सुरक्षा समन्वय बैठकले निर्वाचन निर्वाचनको मिति भन्दा ३ दिन अगाडिबाट निर्वाचन सम्पन्न नहुँदासम्मको ७२ घण्टाको अवधि सीमा सील गर्ने निर्णय गरेको हो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिबार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगंजका प्रशासन प्रमुख (डीएम) र सुरक्षा अधिकारीहरु बीच भएको संयुक्त सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट वोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने , सीमा क्षेत्रमा हुने साना हातहतियारको ओसारपसार, लागूऔषध ओसारपसारलगायतमाथि निगरानी तथा सुरक्षा उपाय अपनाउने बैठकले निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ०४ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका