५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

कृषि क्षेत्रका समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिबद्धता



लुम्बिनी । रुपन्देहीको क्षेत्र नं. ५ मा नेकपा एमालेका उम्मेदवारहरुले मतदातासँग रासायनिक मल, सिँचाई, कृषि उपजको बजारीकरणलगायतका कृषि क्षेत्रसँग सम्बन्धित समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

योजनाबद्ध रुपमा काम गर्दा किसानका समस्याहरु समाधान गर्न सकिने बताउँदै उम्मेदवारहरुले व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन मिल्ने गरी आवश्यक नीति, नियम समेत बनाइने बताए ।

आसन्न निर्वाचनका सन्दर्भमा विभिन्न स्थानमा घरदैलो अभियानका क्रममा मतदातासँगको अन्तरक्रियामा एमाले उम्मेदवारहरुले खेतीयोग्य जमिनमा सिँचाईका लागि लिफ्ट सिँचाईको साथै उपर्युक्त स्थानहरुमा भूमिगत सिंँचाईको व्यवस्था मिलाइने प्रतिबद्धता जनाएका छन् । रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरी प्रतिनिधिसभा सदस्य पदमा बासुदेव घिमिरे र प्रदेश सभा सदस्य पदमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले प्रथम नगर प्रमुख हुँदा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सरसफाई, सामाजिक सशक्तिकरणका क्षेत्रमा गरेका नमूना कामका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककैं नमूना नगरपालिका बन्न सफल भएको छ । उम्मेदवार घिमिरेले तिलोत्तमालाई नमूना नगरपालिका बनाएको अनुभव आफूसँग रहेकोले क्षेत्र नं. ५ का बासिन्दाहरुका आमसमस्या समाधान गर्न आफूसँग स्पष्ट योजना रहेको बताए ।

एमालेले कृषि तथा पशु बिमालाई अनिवार्य गर्दै विभिन्न प्रकोपबाट हुने नोक्सानीको क्षतिपूर्तिको व्यवस्था मिलाउने, कृषि उपज संकलन, चिस्यान तथा प्रशोधन केन्द्र निर्माण गर्ने आफ्नो प्रतिबद्धतामा समावेश गरेको छ । यस्तै कृषि उपजको उचित मूल्य र बजारीकरण गर्ने, रासायनिक मलको दीर्घकालीन समाधानको लागि आवश्यक पहल गर्ने विषयलाई पनि एमाले उम्मेदवाहरुले आफ्नो प्रतिबद्धतामा समावेश गरेका छन् ।

नदी तथा खोलाबाट हुने भूक्षय नियन्त्रण गर्न तटबन्धसहितका पूर्वाधार निर्माण गर्ने, वन, चुरे, ताल तलैयालगायतका प्राकृतिक सम्पदाको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५६ बजे

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत