३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्ड भोलि जुम्ला आउँदै, हुम्ला र कालिकोटको चुनावी सभालाईसमेत सम्बोधन गर्ने



जुम्ला । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविकको माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले एकै साथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ ।

माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बोधन गर्ने छन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् ।

यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बोधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश ९क० मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश ९ख०मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  २ : ५७ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन