२९ मंसिर २०८२, सोमबार | December 15, 2025

देवदहलाई युनेस्कोको सम्पदासूचीमा समावेश गर्ने योजना सहित घनश्याम भुसालको प्रतिबद्धतापत्र सार्वजनिक



बुटवल । एमालेबाट बिद्रोह गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका मार्क्सवादी चिन्तक घनश्याम भुसालले आफुसहित गठबन्धनको निर्वाचन क्षेत्र अन्तर्गतको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका भुसालले आज एक कार्यक्रमकाबीच क्षेत्रगत प्रतिबद्धता सार्वजनिक गरेकाहुन् ।

भुसाल नेतृत्वको गठबन्धनले जारी गरेको प्रतिबद्धतापत्रमा संघ, प्रदेश र स्थानीय तहका अधिकारहरुको बाँडफाँट र त्यसको कार्यान्वयन संघीयताको मुल मर्म भएको उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा संबिधान र समृद्धिका योजनामाथि खतरा कायम रहेसम्म गठबन्धनको औचित्य कायमै रहने उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रमा देवदह बुद्धको मावलीस्थल भएको प्रमाणित भए पनि बैज्ञानिक रुपमा पुष्टि गरि युनेस्को मार्फत् विश्व सम्पदा सूचिमा सुचिकृत गर्न जरुरी रहेको उल्लेख छ । रुपन्देही १ निर्बाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास निर्माणका योजना संचालन गरिने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै बाम नेता भुसालले देवदहलाई युनेस्कोको सम्पदा सूचीमा सूचीकृत गर्न आफ्नो प्राथमिकता रहने बताए । उनले क्षेत्र नम्बर १ मा प्रतिस्पर्धि उम्मेदवारहरुसँग विचार र विकासको संघर्ष रहेको उल्लेख गर्दै मुल्य र मान्यतामा रहँदै विकासका योजना बनाउनु नै आफ्नो मुख्य कार्यभार रहेको बताए । झण्डै ८ वर्ष कार्यान्वयनमा रहेको संबिधान असुरक्षित छ भन्नु पर्दा आफुलाई दुःख लागेको बताउँदै उनले आफु सहित गठबन्धनको उम्मेदवारी संबिधान, लोकतन्त्र र संघीय गणतनत्रको रक्षा गर्नका लागि भएको बताए ।

चुनावी प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, सञ्चार, पुल तथा कलभर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगक तथा व्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक श्रोत साधन लगायतका विषयलाई समेटिएका छन् ।

रुपन्देही–१ मा प्रतिनिधि सभातर्फ गठबन्धनको सहयोगमा स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (क) मा कांग्रेसका विश्वनाथ यादव र १(ख) मा काँग्रेसकै अब्दुल रज्जाक उम्मेदवार छन् ।

रुपन्देही १ निर्बाचन क्षेत्रमा उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार कम भएकाले समानुपातिक ढंगले विकास निर्माणका योजना संचालन गरिने भुसालले बताए ।

प्रतिबद्धतापत्रमा रुपन्देही १ मा बिशेषगरि सिंचाई, कृषि, तटबन्धन, शिक्षा, स्वास्थ्य लगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । कृषि उत्पादनमा बृद्धि गरि उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी लगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नती गर्नमा पहल गरिने प्रतिबद्धतापत्रमा लेखिएको छ ।

स्वस्थ्यतर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्यचौकी बनाउने भनिएको छ । प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्य गर्ने, सुरु भएका सडक निर्माण सक्ने, स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख गरिएको छ । युवालाई सीपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ५४ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी