१८ माघ २०८२, आइतबार | February 1, 2026

९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी काम गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन



बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक र २०७९/८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले माघ मसान्तसम्म योजना सम्झौताको काम पूरा गर्न निर्देशन दिए । उनले महाशाखा र शाखाहरुलाई योजनाका कामलाई छिटो भन्दा छिटो प्रक्रियामा अघि बढाउन र सेवाग्राहीका कामलाई तीब्र गतिमा गर्नका लागि पनि निर्देशन दिए ।

उनले नगरका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन कर्मचारीहरुलाई आग्रह गरे ।

‘बुटवललाई कसरी अरु नगरहरुभन्दा सफल र सम्पन्न बनाउने भन्ने कुरामा सबै जनप्रतिनिधि र कर्मचारीहरुले उत्तिकै चासो र जिम्मेवारी वहन गर्नुपर्छ, उनले भने–’आवश्यक प¥यो भने दैनिक १८ घण्टा काम गरेर भएपनि जनताका काम सहज र समयमै गर्ने गरी मैले त्यसको नेतृत्व गर्छु तपाइँहरु सँगसँगै आउनुहोस् ।’

प्रमुख पाण्डेयले हरेक वडालाई देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि आग्रह गरे । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, उनले भने–’त्यसका लागि सकिन्छ हाम्रै बजेटले काम गरौं, सकिदैन संघ, प्रदेश वा अरु दातृ निकायको सहयोगमा गरौं, मैले कहाँनेर अगुवाई गर्नुपर्छ म तयार छु ।’

उनले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडाध्यक्षहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकास अन्य क्षेत्रलाई समेत सिक्नलायक हुनुपर्ने बताइन् । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्रै बुटवल समृद्ध बन्नसक्ने पनि बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वार्षिक योजना सम्पन्न गर्ने गरी काम अघि बढाउन महाशाखा प्रमुखहरुलाई निर्देशन दिएका थिए । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै चासोका साथ अघि बढाइने बताउँदै उनले बुटवलले सबै योजना समयमै सम्पन्न गर्ने गरी अघि बढेको बताए ।

कार्यक्रममा महाशाखा प्रमुखहरु मित्रमणि खनाल, तुल्सा अर्याल, विष्णुप्रसाद खनाल, भुवा प्रसाद लुईटेल, शाखा प्रमुखहरु गौतम रौनियार, युवराज पाण्डे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफ्नो प्रस्तुति तथा समीक्षात्मक प्रतिवेदन र भनाई व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ४९ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि