८ बैशाख २०८३, मंगलबार | April 21, 2026

अमेरिकामा मध्यावधि निर्वाचन : ४ करोडभन्दा बढी अमेरिकीले गरे प्रारम्भिक मतदान



मंगलबारको मध्यावधि निर्वाचनअघि ४ करोडभन्दा बढी अमेरिकीहरूले प्रारम्भिक मतदान गरेका छन्, जुन दुई वर्षअघिको संख्यालाई उछिनेको अमेरिकी निर्वाचन परियोजनाले सोमबार जनाएको छ । अमेरिकीहरू मंगलबार  प्रतिनिधि सभाका ४ सय ३५ सदस्य, सिनेटको एक तिहाइ र राज्य र स्थानीय पदका लागि चुनावमा जाँदैछन् ।

५० अमेरिकी राज्यहरू मध्ये अधिकांशले मतदाताहरूलाई व्यक्तिगत रूपमा वा मेल मार्फत चाँडै मतदान गर्न अनुमति दिन्छन् । यो अभ्यास सन् २०२० को राष्ट्रपति चुनावको समयमा व्यापक भयो, जुन कोभिड–१९ महामारीको समयमा भएको थियो ।

अमेरिकी निर्वाचन परियोजनाका अनुसार सोमबारसम्म १८.५ मिलियनभन्दा बढी प्रारम्भिक भोटहरू व्यक्तिगत रूपमा र २२. मिलियन मेलमार्फत गरी कुल ४०.८ मिलियनले मतदान गरेका छन् । सन् २०१८ को मध्यावधिमा  ३९.१ मिलियनले अग्रिम मदान गरेका थिए । रिपब्लिकन सांसदहरूले धेरै राज्यहरूमा प्रारम्भिक मतदानमा प्राविधिक आपत्तिहरू दर्ता गरेका छन् ।

उदाहरणका लागि पेन्सिल्भेनियामा राज्यको सर्वोच्च अदालतले खाममा लिखित मिति नभएमा मेल गरेर पठाइएका भोटहरू गणना गर्न नसकिने आदेश दिएको छ । यो निर्णयले हजारौं मतपत्रहरूलाई सम्भावित रूपमा असर गर्न सक्छ ।

एजेन्सी

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति