२२ माघ २०८२, बिहिबार | February 5, 2026

अव सुकुम्बासीका समस्या चुनावी मुद्दा हुने छैन : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्रनं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले अब कसैले पनि ‘चुनावी मुद्दा’ बनाउन नसक्ने गरी सुकुम्बासीका समस्याहरू समाधान हुने बताएका छन् ।

आफ्नो चुनावी क्षेत्रका विभिन्न सुकुम्बासी वस्तीहरूमा मतदाता भेट्न पुगेका राईले उनीहरूका समस्या समाधानका लागि नीतिगत तह मै आफूले हस्तक्षेपकारी भूमिका खेल्ने वाचा पनि गरे।

मंगलबार बिहानै उनी नेपालगन्ज वडानं १८ मा पर्ने शान्तिनगर स्थित सुकुम्बासी वस्तीमा पुगेका थिए। करिब १०० जति परिवार बसोबास गर्ने सो वस्तीमा अहिलेसम्म सडक र नालाहरू व्यवस्थित हुन सकेका छैनन् ।

हरेक पटक भोट माग्न आउने नेताहरूले आफूहरूलाई आशामात्रै देखाएर भोट लगेको भन्दै उनीहरूले उम्मेदवार राईसँग यस पालि धोका नदिन आग्रह गरेका थिए। वर्षौं देखि लालपूर्जाको लोभ देखाएर भोट माग्न नेताहरू वस्ती पुग्ने र त्यसपछि उनीहरूलाई बिर्सने गरेको उनीहरुले गुनासो गरे ।

उम्मेदवार राईले आगामी दिनमा सुकुम्बासीका समस्यालाई आफूले चुनावी मुद्दा हुन नदिने गरी समाधान गर्न पहल गर्ने बताए । ‘अहिले सम्म धेरै नेताहरूले सुकुम्बासीलाई अनेक सपनाहरू देखाएर भोट मागेका छन् । त्यसैको आशमा सुकुम्बासीहरूले भोटपनि दिन परिरहेको छ’ उनले भने, ‘तर अब सुकुम्बासीको नाममा कसैले पनि राजनीति गर्न पाउने छैन र त्यसलाई चुनावी मुद्दा बनाउन पनि पाउने छैन। मैले चुनाव जितें भने नीतिगत तह मै त्यसका लागि काम गर्ने छु।’

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ०२ बजे

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका