३ पुस २०८२, बिहिबार | December 18, 2025

एमालेलाई केपी ओलीले राप्रपाकरण र तानाशाहीकरण गरे : घनश्याम भुसाल



बुटवल । सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका बाम नेता घनश्याम भुसालले केपी शर्मा ओलीले एमालेलाई राप्रपाकरण गरेको बताएका छन् । मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं। ७, सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै भुसालले एमालेको राप्रपाकरण र तानाशाहीकरणका कारण केपी ओलीमा पलाएको दम्भ र अहंकारले संविधान हान्न पुगेको र दुई–दुई पटक संसद विघटनको शृङ्खलाबाट देश गुज्रनुपरेको तर्क गरे ।

उनले नेकपा एमाले लोकतान्त्रिक पार्टी भए पनि ओलीले यसलाई ध्वस्त पारेको जनाए । कमल थापालाई सूर्य चिन्हमा निर्वाचन लड्न दिएकोप्रति संकेत गर्दै नेता भुसालले एमाले राप्रपाकरण गरिएको टिप्पणी गरे ।

‘आउने पुस्तालाई ओलीले कसरी एउटा प्रभावशाली पार्टीलाई तहसनहस पारे र मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो भनेर कम्तीमा १० देखि १५ बर्षसम्म पढाउनु पर्नेछ’, उनले भने, ‘आजकल मलाई ओलीजीको बिरोध गर्यो भन्छन्, तर ब्यक्तिगत रुपमा मेरो कुनै दुश्मनी छैन । मैले कुनै कुरा मागेको पनि होइन तर ओलीजिले दक्षिण एसियाकै लोकतान्त्रिक पार्टी भनिएको एमालेमा बनमारा झार रोप्नुभयो, जसले पार्टी प्रणाली ध्वस्त गर्यो ।’

गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं. १ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार अब्दुल रज्जाकले आफूहरु लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताए । रज्जाकले यस क्षेत्रको विकाससँगै संविधानको रक्षा गर्न आफूहरु पछि नपर्ने बताए । उनले जनताको कारणनै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले उपलब्धीको रक्षा जसले गर्छ उसैलाई मतदान गर्ने कुरामा जनता प्रतिबद्ध रहेको बिश्वास व्यक्त गरे ।

गठबन्धनले रुपन्देही क्षेत्र नं १ मा घरदैलो कार्यक्रम गरिरहेको छ । गत आइतवारदेखि शुरु भएको घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्रका ३३ वडाहरु मध्य अहिलेसम्म रोहिणी वडा नं १, २, ३, ४, ५, ६, ७, देवदह १०, तिलोत्तमा ७, ८, ९, १२ ओमसतिया ६ लगायत वडाहरुमा घरदैलो कार्यक्रम सकिएको छ भने अन्यमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ३९ बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले