३० श्रावण २०८३, शनिबार | August 15, 2026

मतदाता रिझाउन गाउँगाउँमा उम्मेदवार, पुरानै एजेन्डा लिएर मत माग्दै



लमजुङ । मंसिर ४ गते हुने निर्वाचनको  मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू एजेन्डासहित गाउँगाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।

उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेका छन्। लमजुङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । भेटघाट र घरदैलोमा पुगेका उमेदवार जित आफ्नै पक्षमा हुने दाबी गर्दै आफले जिल्लाको बिकास गरि समृद्धिको बाटोमा लैजाने  बताउँछन् । प्रतिनिधिसभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’ मा कांग्रेसले उम्मेदवारी दिएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा एमालेका जमिन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख) मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। प्रदेश सभा (क) मा पाँच जना र प्रदेश सभा (ख) मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।  जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १० बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर