३ चैत्र २०८२, मंगलबार | March 18, 2026

बागलुङमा थपिँदै लामा झोलुङ्गे पुल



बागलुङ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे पुल थपिएका छन् । बागलुङबाट छिमेकी दुई जिल्लामा पुनः दुई लामा झोलुङ्गे पुल थपिँदैछन् ।

बागलुङ र पर्वत जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो नेपालकै लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षभित्रै पुनः बागलुङ र पर्वत जोड्ने तथा बागलुङ र म्याग्दी जोड्ने दुई पुल निर्माण भइरहेका छन् ।

बागलुङ र पर्वत जोड्ने अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु भएको छ भने बागलुङ र म्याग्दी जोड्ने गरी निर्माण भएको तीन सय ८८ मिटर लामो पुल निर्माणको अन्तिम चरणमा रहेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि कालीगण्डकी माथि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुल नेपालकै लामो भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । उक्त पुल रु ११ करोड लागतमा निर्माण सम्पन्न भएको छ ।

बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झुलुङ्गे पुल थपिएको एक वर्षमा नै बागलुङ–४ कुडुँले फेदीबाट म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी तीन सय ८८ मिटर लामो पुल निर्माण सुरु भएको थियो । उक्त पुलको अहिले ८० प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको थानी हिमशिखर जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि नरहरि खड्काले जानकारी दिए ।

त्यस्तै सोही कम्पनीले भदौबाट बागलुङ–४ उपल्लाचौरदेखि पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी कालीगण्डकी नदीमा अर्को पाँच सय २४ मिटर लामो पुल निर्माण सुरु गरेको छ ।

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी–१ रत्नेचौरदेखि बागलुङ–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण डेढ वर्षअघि सुरु गरेको थियो । निर्माण कम्पनीका अनुसार पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपालकै लामो पुलसमेत हाम्रै निर्माण कम्पनी थानी÷बिएलटी÷हिमशिखरलेनै निर्माण सम्पन्न गरेको थियो, त्यसपछि लगत्तै सुरु गरेको कुडुँले रत्नेचौरको झोलुङ्गेपुलको काम अहिले लगभग सकिनै लागेको छ भने पुनः बागलुङ बजारको उपल्लाचौरदेखि पर्वतको जलजला जोड्ने गरी पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल सृजिता, थानी हिमशिखर कम्पनीले निर्माण गर्न सुरु गरेको छ । लामा झोलुङ्गेपुलका निर्माण व्यवसायी नरहरि खड्काले भने, “बागलुङ र पर्वत जोड्ने दुई तथा बागलुङ र म्याग्दी जोड्ने एक पुल चार वर्षको अवधिमा निर्माण हुने भएका छन्, त्यसमध्ये नेपालकै लामो पुल दुई वर्षअघि सम्पन्न भइसकेको छ ।”

खड्काले आफ्नो निर्माण कम्पनीले जिम्मा पाएको झोलुङ्गे पुल सम्पन्न गर्नुपर्ने मितिभन्दा अगावै सम्पन्न भइरहेको बताए । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल रु तीन करोड ५० लाखमा निर्माण गरिएको छ ।

एक सय ७० मिटर अग्लो कुडुले रत्नेचौर जोड्ने झोलुङ्गे पुलले दुई जिल्लाको यात्रालाई सहज बनाउँदै पर्यटन विकासमा टेवा पु¥याउनेछ । उक्त पुलको दायाँ र बायाँतर्फ जाली हालेर लट्ठा कस्ने, भार परीक्षण र प्राविधिक नापजाँचको काम मात्रै बाँकी रहेको छ । पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिनाका साथै रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने बागलुङ–४ का वडाध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए ।

“यही वडासँग जोडिएर म्याग्दी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने उपल्लाचौरको गौरिधामदेखि पर्वतको जलजला गाउँपालिका जोड्ने पाँच सय २४ मिटर लामो कालीगण्डकी माथि पुल निर्माण सुरु भएको छ”, वडाध्यक्ष क्षत्रीले भने, (“एकै वडाबाट म्याग्दी र पर्वत जोड्ने गरी पुल निर्माण हुनुले बागलुङको आन्तरिक पर्यटन र व्यापार व्यवसायमा फस्टाउनेछ ।” पुल निर्माणका लागि २०७९ साल जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङतर्फको झन्डै छ आना जग्गा निःशुल्क दिएर विकासको ढोका खोलेको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताए । उक्त पुल झन्डै रु सात करोड लागतमा निर्माण सुरु गरिएको छ ।

करोडौँ लागतका लामा झोलुङ्गे पुल धमाधम निर्माण हुँदा बागलुङ र बागलुङसँग जोडिएको छिमेकी जिल्ला पर्वत र म्याग्दीको समेत पर्यटनसँगै व्यापार व्यवसाय फस्टाउने स्थानीय गणेश पुरीले बताए । चार वर्षको अवधिमा बागलुङबाट पर्वत जोड्ने दुई र म्याग्दी जोड्ने एक पुल रु २१ करोड खर्चमा निर्माण हुनेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  २ : ०५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड