१८ माघ २०८२, आइतबार | February 1, 2026

पत्रकार सरोजराज अधिकारी मृत फेला



काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् ।

सुन्धरास्थित होटल सिद्धार्थको कोठामा पत्रकार अधिकारी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

अधिकारी घरमा नफर्किएपछि उनकी श्रीमतीले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन । त्यसपछि उनको अनुसन्धान गर्दै जाँदा होटलको कोठामा पुग्दा भित्रबाट चुकुल लगाएको अवस्थामा उनी मृत फेला परेका थिए ।

अधिकारी कत्तिक २१ गतेदेखि सो होटलमा बसेको प्रहरीले जनाएको छ । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको छ ।

कान्तिपुर दैनिकमा कार्यरत रहँदा सुरक्षा मामिलामा चर्चित बनेका पत्रकार अधिकारीले ‘चक्रव्युहमा चन्द्रसूर्य’, ‘धम्बोजी’, ‘जासुसीको जालो’ लगायतका पुस्तक लेखेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ४४ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि