५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । ‘निर्वाचन आचारसंहिता अनुसार  वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न पाइँदैन ।

तर, बागमतीले ३० असोजमा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को प्रतिकूल रहेको देखिन्छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्न समेत निर्देशन दिएको छ ।

स्पष्टीकरणमा भनिएको छ- आचारसंहिता लागू भई सकेको अवस्थामा अध्यादेश जारी गर्ने कार्यबाट आचारसंहिता उल्लंघन भएकाले किन कारवाही हुनु नपर्ने हो ?

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ६ : ५५ बजे

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड

दिउँसै लालटिन बालेर विरोधमा उत्रिए कानुन व्यवसायी

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले न्यायिक प्रक्रियामा

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको सदस्यमा नियुक्त ढकालले गरिन पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नवनियुक्त अस्पताल विकास समिति

खजुरा क्यान्सर अस्पताल सम्बन्धी उजुरीको फायल खोतल्दै अख्तियार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह

काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा