२ पुस २०८२, बुधबार | December 17, 2025

बुटवलको कालिकापथको सडक नेपालकै नमुना शहरी सडक बन्नेछ : विष्णु पौडेल



बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार विष्णु पौडेलले बुटवलको कालिकापथको सडकलाई नेपालकै नमुना शहरी सडक बनाईने घोषणा गरेका छन् । बुटवल उपमहानगरको वडा नम्बर ११ को कालिकापथ होराइजन चोकको घरदैलो कार्यक्रममा सहभागी भएका पौडेलले कालिकापथको सडकले बुटवलको मुहार फेर्ने दाबी गरे ।

उनले कालिकापथकै जस्तो दर्जन बढी सडक बुटवलमा बन्ने योजना आफ्नो रहेको उल्लेख गर्दै शहरी सडककै नमुना सडकहरु बुटवलमामा बन्न सक्ने बताए । सडकका बिचमा रहेका हाइटेन्सन लाईनका बिद्युत पोलहरुलाई मानो पोलमा रुपान्तरण गरि सिङ्गल विद्युत मोनो पोलको अवधारणा तयार भएको उनले बताए ।

बुटवलको तिनाउमा बनेका मोटरेवल पुलहरुले पारी र वारी बुटवलको भावनालाई अन्त्य गरेको उल्लेख गर्दै बुटवलको विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए । विकासको गतिलाई अझै तिब्रता दिन केपी ओलीको नेतृत्वमा सरकार बन्ने आवश्यक रहेको चर्चा गर्दै पौडेलले एमालेले सरकार बनाए मात्र विकासले गति लिने दाबी गरे ।

राजेन्द्र ढकालको सभापतित्वमा भएको घरदैलो सहितको कोणसभामा प्रदेश (क)का उम्मेदवार लिला गिरी पनि बोलेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ८ : १४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल