१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता



बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार हालसम्म ३१ हजार ३२१ मत गणना हुँदा खरेलले २१ हजार ७४ मत प्राप्त गरेका छन् । उनी हाल १६ हजार ५९५ मतको फराकिलो अन्तर सहित अग्रस्थानमा रहेका छन् ।

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेल ले ४ हजार ४७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ले २ हजार ८६२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वदीप पाण्डे ले ५४० मत प्राप्त गरेका छन् ।

रुपन्देही-२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिका का वडा नं. १ देखि १३, तिलोत्तमा नगरपालिका का वडा नं. १ देखि ६ तथा सैनामैना नगरपालिका का वडा नं. १ देखि ४ समेटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे लगायत विभिन्न दल तथा स्वतन्त्र गरी कुल ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ४ : २७ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको