१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि



बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले सुरुआतदेखि नै अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार खरेलले पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उम्मेदवार विष्णु पौडेललाई दुई हजारभन्दा बढी मतले पछि पारेका छन् । हालसम्मको गणनामा खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन् भने पौडेलले ८४५ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा (पौडेल) ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बुटवल उपमहानगरपालिका-१ बाट गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा विष्णु पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका-१ को मतगणनामा पनि खरेलले २ हजार ७८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । सो क्षेत्रमा विष्णु पौडेलले ६०९ मत प्राप्त गरेका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत पाएका छन् ।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रुपन्देही-२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : २२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको