३० श्रावण २०८३, शनिबार | August 15, 2026

फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डारी



फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन्  ।

१३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन्  ।

उनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु,’ भण्डारीले भनेकी छन् ।

भण्डारीले अगाडि भनेकी छन्, ‘महागुरु  फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेकोछ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४४ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर