३१ भदौ २०८३, बुधबार | September 16, 2026

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो



काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए । यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे ।

बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे । यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन् । हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् । फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ५२ बजे

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

मुगुको कलाई आसपास भूकम्पका दुई धक्का

काठमाडौं । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ । मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत