१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

जुनियर स्टार क्रिकेट : सिद्धार्थ वरियर्स विजयी



बुटवल । देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थको लागि संगम पाण्डेले ४९ र अल्दीप क्षेत्रीले ३४ रन तथा ब्रिजेस थारुले १७ रन जोडेका थिए । ओमसतियाका बद्री आलमले २ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछयाएको ओमसतियाका ब्याट्सम्यानहरु २१.३ ओभरमा केवल ७१ रनमा समेटिए । लक्ष्य प्राप्तिका लागि अज्जाल हकले १४ र शैलेन्द्र यादवले ११ रन बाहेक अन्य ब्याट्सम्यानहरुल् दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न सिद्धार्थका ब्रिजेस थारु र अर्जुन करुसले समान ३–३ विकेट तथा तुसार चौहानले २ विकेट लिए । खेलमा सिद्धार्थका ब्रिजेस थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बिहिबार उद्घाटन खेलमा जिबिआईसिए सैनामैना विजयी भएको थियो । देवदह ड्रागनलाई १५ रनले पराजित गर्दै सैनामैनाले पहिलो जित हासिल गरेको हो । सैनामैनाका सन्देश ज्ञवाली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछन ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १५ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा