११ श्रावण २०८३, सोमबार | July 27, 2026

भरतपुर महानगरपालिकाका वडाहरु धमाधम सिल हुँदै, जिल्ला प्रशासन असन्तुष्ट



चितवन । चितवनको भरतपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि महानगरका केही वडा सिल गरिएका छन् ।

महानगरका वडा अध्यक्षहरुले आफ्नो वडामा आफुखुशी सिलको निर्णय गरेका हुन् । यो निर्णयप्रति जिल्ला प्रशासन कार्यालयले भने आपत्ति जनाएको छ ।

क्वारेन्टिनमा राखिएकाहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि वडाअध्यक्षहरुले धमाधम विज्ञप्ति जारी गरेर बन्द गराएका हुन् । केही वडा अध्यक्षहरुले त आफ्नो कार्यक्षेत्रमा नपर्ने बैंक तथा वित्तीय संस्थासमेत बन्द गराएका छन् ।

वडा नं. ५, ६, ११, १८, २२, २५,, २६ लगायतका वडा बन्द गरिएको छ । यसमध्ये २५ र १८ वडामा संक्रमित भेटिएका छैनन् ।  जेठ ३२ गतेदेखि असार ३ गतेसम्म आफु अनुकुल समय मिलाएर उनीहरुले वडाका सम्पूर्ण कामकाज बन्द गराएका छन् ।

तर, जनप्रतिनिधिहरुले आफुखुशी वडा बन्द गराउनु गलत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले नै लकडाउन जारी राखेको र मोडालिटी निर्धारण गरेको हुँदा सबै पक्ष मिलेर मापदण्डअनुसार लकडाउन पालना गर्नुपर्ने दायित्व सबैको भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ९ : ४७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला