२ पुस २०८२, बुधबार | December 17, 2025

गोप्य प्रतिवेदनको जिकिर गर्दै गृहमन्त्री खाँणको दाबी – गठबन्धनले १३१ सिट जित्छ, एमाले २१ मा सीमित



बुटवल । ­गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेकाछन् ।

नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षमा १३१ सिट जित्ने सुनिश्चित भएको दाबी गरेका हुन् । खाँणले गोप्य अध्ययनका आधारमा यो प्रक्षेपण प्राप्त भएको दाबी गरे । २३ वटा थप क्षेत्रमा उच्च प्रतिस्पर्धा रहेको बताउँदै उनले केही मेहनत गरे जित्न सकिने जिकिर गरे ।

खाँणले एमालेसहितको गठबन्धन जम्मा २१ क्षेत्रमा मात्रै अघि रहेको दाबी गरेको छ । अग्रगमनको पक्षधर पार्टी भएपनि पछिल्लो केही समययता पश्चगमनको नेतृत्व गरेका कारण एमालेलाई घाटा लागेको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले अबको ५ वर्ष नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५८ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ