७ पुस २०८२, सोमबार | December 22, 2025

जुनियर स्टार क्रिकेट : आजको खेलमा तिलोत्तमाको विजयी



बुटवल । देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ अन्तरगत शनिबार भएको खेलमा तिलोत्तमा टाईटन विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा देवदहस्थित क्रिकेट मैदानमा भएको खेलमा तिलोत्तमाले बुटवल युनाईटेडलाई ९५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको तिलोत्तमाले पुरै ओभरमा ९ बिकेटको नोक्सानीमा २ सय १० रनको लक्ष्य खडा गरेको थियो । तिलोत्तमाका लक्ष्मण कुमालले ४१, सन्दिप यादवले ३७ र अंकित बिएमले ३४ रन जोडेका थिए । बुटवलका सचिन अर्यालले ३ तथा हरिकेश मोरियाले १ बिकेट लिएका थिए ।

बिशाल रन पछयाएको बुटवलका ब्याट्सम्यानहरु २६.१ ओभरमा सबै बिकेट गुमाएर १ सय १५ रनमा समेटिए । उसका लागि हरिकेशले ३० तथा सन्दिप ढकालले २६ रनबाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बुटवलका बिपर्सन केसीले ५ तथा लक्ष्मण कुमालले २ बिकेट लिए । खेलमा बुटवलका बिपर्सन केसी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको प्रथम र द्धितिय पुरस्कार तथा स्थानिय विद्यालयहरुबाट खेलाडीको ड्रेस सहयोग भएको स्टार क्रिकेट एकेडेमीका संस्थापक शक्ति गौचनले बताए । स्थानिय पालिकाहरुबाट यु १९ उमेर समुहका प्रत्येक टिमको २० खेलाडीहरु छनौट भएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल,प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल भैरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १० : ५९ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८