३० श्रावण २०८३, शनिबार | August 15, 2026

नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो



लमजुङ । आगमी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भएसँगै लमजुङ जिल्लामा पनि सबै पालिकामा भएको छ ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिइ सकेका छन् । चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ ।

जिल्लामा बिगतमा जस्तै धान खेती व्यवसायिक रुपमा अघि बढेको अवस्था छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।

जिल्लामा धान खेतीका लागि भनेर चिनिने ठूला फाँटहरु र्भोलेटार, रामचोकबेसी, राईनास, दुईपिप्लेका साथै पालिकाभित्र रहेका नदी किनारका खोँचहरुमा पनि धान खेतीका लागि योग्य जमिन प्रसस्त भएकाले ति भू–भागमा पनि धान खेती गरिएको अवस्था छ ।

हालसम्म जिल्लाभर ७० देखि ७५ प्रतिशत धान कटाई भइसकेको अवस्था छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ४३ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर