१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै, अक्टोबरमा आए १७९ देशबाट ८८ हजार बढी



काठमाडौं । कोरोना महामारीको प्रभाव विश्वमा घट्दै गएपछि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

अध्यागमन विभागका अनुसार गत अक्टोबर महिनामा मात्र विश्वका १७९ देशबाट नेपाल घुम्नको लागि ८८ हजार ५८२ जना पर्यटक आएको थिए ।

सोही महिनामा नेपाल घुम्न आएकामध्ये ७२ हजार ५५ जना पर्यटक स्वदेश फर्केका छन् ।  यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने र फर्कने पर्यटकको मात्र हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीयको छ । अक्टोबरमा १६ हजार ९१० जना भारतीय नेपाल घुम्न आएका छन् ।

यस्तै, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ४१७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४  हजार ९२९, अष्ट्रेलियाबाट ३ हजार ९४६, भियतनामबाट १ हजार ९२१, थाइल्याण्डबाट १ हजार २९६, स्वीट्जरल्याण्डबाट १ हजार २६४, स्पेनबाट २ हजार ९६, दक्षिण कोरियाबाट १ हजार ३७१, रुसबाट १ हजार ४०९, पोल्याण्डबाट १ हजार १८, नेदरल्याण्ड्सबाट १ हजार ८४२, मलेसियाबाट १ हजार ५९०, इटालीबाट १ हजार ४७१, इजरायलबाट १ हजार ४७२, क्यानडाबाट १ हजार ६८२ र बंगलादेशबाट २ हजार ७२० जना पर्यटक नेपाल आएका छन् ।

विभागका अनुसार अक्टोबर महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली र विदेशी गरी कुल ३ लाख ८६ हजार ७ जनाले आवतजावत गरेका थिए ।

उक्त महिना १ लाख ९९ हजार १०७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका थिए भने १ लाख ८६  हजार ९०२ जना अन्य देश गएका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५९ बजे

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट