२२ माघ २०८२, बिहिबार | February 5, 2026

बामदेवको एकता अभियानले गृहमन्त्री खाँणलाई सघाउने



भैरहवा । रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गरेको बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाँणलाई सहयोग गर्ने भएको छ । उक्त पार्टीले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा लोकतन्त्रबादी उम्मेदवार खाणलाई सहयोग गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनामा बोल्दै नेकपा राष्ट्रिय एकता अभियानका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको काँग्रेस र यसका नेता गृहमन्त्री खाँणलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाँण र काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।

उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खाँणको पक्षमा दिने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने पनि समेत बताए ।

यस अघि बुटवलमा अभियानले पत्रकार सम्मेलन गर्दै नेकपा एकताबद्ध बनाउन अन्तिम अवस्था सम्म प्रयत्न गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई समर्थन गर्ने जनाएको थियो । अभियानले पौडेललाई समर्थन गरेपनि आफ्नो समर्थन एमालेलाई नरहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०६ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर