८ चैत्र २०८२, आइतबार | March 22, 2026

एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् : इश्तियाक राई



नेपालगन्ज । मतदाता तथा सामाजिक अगुवाहरूसँगको भेटघाटलाई तीव्रता दिइरहेका जनता समाजवादी पार्टी बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो मत खेर नफाल्न अपिल गरेका छन्।

प्रतिस्पर्धीहरूले फैलाएका झुटा र अफवाहहरूको पछि नलागेर काम गरिरहेका उम्मेदवारको मूल्याङ्कन गर्न पनि उनले अनुरोध गरे। भेटघाटका क्रममा भएका विभिन्न कोणसभाहरूलाई सम्बोधन गर्दै राईले फेरि पनि यस क्षेत्रमा समग्र विकासको लहर ल्याउनका लागि जसपाका उम्मेदवारहरूलाई मत दिन अपिल गरेका थिए।

‘तपाईं-हामी सबैको एक-एक मतको महत्व छ। यो क्षेत्रको विकासका लागि हाम्रा सबै मत अमूल्य छन्। त्यसैका आधारमा यहाँको विकासको मार्गचित्र तयार हुनेछ’ उनले मतदाताहरूलाई सम्झाउँदै भने ‘यो महत्वपूर्ण घडीमा एक मतमात्रै पनि खेर गयो भने विकासका ढोकाहरू बन्द हुनेछन् र झुटा आश्वासनहरू कहिल्यै पूरा हुनेछैनन्।’

राईले समाजमा विग्रह ल्याउन र सामाजिक सद्भाव खल्बल्याउनका लागि अहिले प्रतिस्पर्धी उम्मेदवारहरूले धर्म र सम्प्रदायका मुद्दाहरू चर्काइरहेको आरोप पनि उनले लगाए। ‘यस्ता मुद्दाले हाम्रो प्रगती हुँदैन। हामी फेरि उही युगमा फर्किने कि विकासको नयाँ युगमा आफ्ना पुस्तालाई डोर्यादउनेरु यो गम्भिर प्रश्न हो र त्यसको फैसला हाम्रा एकएक मतहरूले गर्नेछन्’ उनले भने ‘अब धर्म, जाति र सम्प्रदायका कुरा गरेर जनता वेवकुफ बनाउने समय छैन। हरेक मतदाता सचेत हुनुहुन्छ र आफ्नो मतको मूल्य सबैलाई थाहा छ।’

आफूविरूद्ध छरिएका भ्रम र लगाइएका आरोपहरूलाई प्रमाणित गर्न चुनौती दिँदै उनले दोषी ठहरिए जनताले गरेको फैसला र सजाय भोग्न तयार रहेको पनि बताए। ‘म जहिले पनि मतदाताको शक्तिलाई विश्वास गर्छु। उहाँहरूकै साथ र सहयोगले मैले पटक पटक चुनाव जितेको पनि छु। यहाँका जनताले हामीप्रति देखाएको उत्साहले हामीलाई अझ हौसला बढेको छ र जनताको यही साथ नै हाम्रो जित्ने आधार हो’ राईले भने ‘यो क्षेत्रका जनताले देखाएको यो सद्भाव र हामीप्रति गरेको विश्वासलाई हामीले खेर जान दिने छैनौं। हामीले हरेक मतको कदर गर्नेछौं र त्यो मतसँग गाँसिएको जनताको अपेक्षा पनि पूरा गर्नेछौं।’

चुनाव नजिकिँदै जाँदा जनता समाजवादी पार्टीले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई अझ तीव्र बनाएको छ। मतदातासँग भेटघाट, मतदाता शिक्षा तथा चुनावी सभाहरूलाई उसले घनिभूत बनाइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ