३० श्रावण २०८३, शनिबार | August 15, 2026

लिला गिरीः सरकारमा रहँदा समृद्धिको जग बसाले



बुटवल । रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय ब्यवस्थाको पहिलो गाउँ विकास समिति (गाविस) अध्यक्षमा निर्वाचित भएका लिला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटन मन्त्री बने ।

लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ बैशाख ६ गतेसम्म मन्त्रीका रुपमा जिम्मेवारीमा रहेर सुरुवातमा उद्योग, वन, पर्यटन र वातावरण मन्त्री, केही समय आन्तरिक मामिला तथा कानून मन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गरेका गिरी अहिले लुम्बिनी प्रदेशमा एमालेबाट भावी मुख्यमन्त्रीको दावेदारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् । रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रदेश सभामा उम्मेदवार भएका नेता गिरी गठबन्धनका नेता दिर्घ केसी संग चुनावी मैदानमा छन् ।

मन्त्रिपरिषद्मा रहँदा बुटवलको कालिकापथलाई नमुना आन्तरिक र रणनीतिक वाइपास सडकका रुपमा विस्तार र स्तरोन्नति, बुटवल, तिलोत्तमा चक्रपथ निर्माण, आन्तरिक र वाइपासका विभिन्न रणनीतिक महत्वका सडकहरुको विस्तार र स्तरोन्नतिको पहल गरेका गिरी आफूले विगतमा गरेका कार्यहरुकै आधारमा आफ्नो जीत सुनिश्चित भएको बताउँछन् ।
पर्यटन मन्त्री हुँदा बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राख्दै पर्यटन प्रवद्धनको योजना कार्यान्वयन गराउन सफल भएका गिरीले सरकार गठन भएको पहिलो वर्ष नै लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम घोषणा गर्दै बुद्ध संग सम्बन्धित क्षेत्रहरु लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउने महत्वपूर्ण कार्यक्रम सुरु गरेका थिए ।

त्यसबाहेक खेलकुदलाई उच्च प्राथमिकता दिंदै ७ अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण सुरु, बुटवल र तिलोत्तमामा विभिन्न स्थानमा खेलकुदका पूर्वाधार निर्माण तथा विस्तार समेत उनकै पहलमा भएको थियो । बुटवल–१५, सेमलारमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक कभर्ड हल निर्माण गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापन, सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवासमेत आफ्नो पहलमा भएको उनले बताए ।

‘सहरी कृषि प्रबद्र्धन र ग्रामीण कृषिमा विविधिकरण, किसानलाई विनाधितो निब्यार्जे ऋणको सुरुवात, कृषिको बजारीकरणलाई हरेक जिल्लामा कृषि सहकारी बजार, कृषि उत्पादनमा आधारित अनुदान दिन सुरुवात, व्यवसायिक कृषिका लागि हरेक निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँको सुरुवात हाम्रो पालामा भयो । भूमिहीनलाई लीजमा खेतयोग्य जग्गा र लिजमा समेत अनुदानको प्रबन्ध, हरेक जिल्लामा कृषि चिस्यान केन्द्र स्थापना समेतका कामहरु गरेर प्रदेशलाई समृद्ध बनाउन लागेको सवैलाई थाहै छ ।’ उनले भने । साथै यस निर्वाचन क्षेत्रमा (रुपन्देही क्षेत्र नंं २ (१) का लागि चालु आवमै करिब एक सय वटा योजना र तिनका लागि झण्डै डेढ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको समेत बताए । बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका विभिन्न वडाहरुमा केन्द्रित गर्दै झण्डै एक सय वटा योजनाहरु छनौट गरि कार्यान्वयन भइरहेका छन् ।

लुम्बिनी प्रदेश सरकारको संस्थापक मन्त्रीका नियुक्त भएपछि गिरीले वन र पर्यावरणको संरक्षण गर्दै कृषि उत्पादकत्व बृद्धि गर्ने पहिलो निर्णय समेत गरेका थिए । नेता गिरी किसानका छोरा र आफैपनि किसान रहेका कारणले उनले जिम्मेवारीमा रहेको उद्योग, पर्यटन, वन, वातावरण र जलवायु मन्त्रालयबाट पहिलो निर्णय वन, वातावरणको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउने कार्यक्रमलाई अगाडि सारेको बताए ।

प्रदेशमा औद्योगिकीकरण, पर्यटन प्रवद्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व बृद्धी एवम् स्वच्छ वातावरणका कार्यक्रम बनाएको उनको भनाई छ । एमालेबाट रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार रहेका गिरीले जनताको अवस्था बदल्ने काम अहिले पनि अधुरा रहेको र त्यसलाई पूरा गर्न आफु निर्वाचनमा होमिएको बताए ।

‘व्यवस्था बदलिएसंगै सुरु भएका समृद्धि लक्षित कामलाई पूर्णता दिनुपर्ने छ । प्रदेश सरकारमा रहेका बेलामा हामीले लुम्बिनी प्रदेशका समृद्धिका आधारहरु पहिल्याएका छौं । ति आधारहरुलाई कसरी साकार पार्न सकिन्छ भन्ने कार्यक्रम समेत तयार पारेर अघि बडेका थियौं । तर, सरकार बीचमै ढालियो, कतिपय योजनाहरु अधुरै रहन गए । सरकारको नेतृत्व गर्दै योजनाहरुको कार्यान्वयन गर्ने अवस्था रहेन । अबको चुनावपछि हामी चुनिएर गएपछि हाम्रा अनुभव, हाम्रा योजनाहरुलाई साकार पर्न सहज हुने छ ।

अधुरा रहेका योजनाहरुलाई पूर्णता दिन सकिनेछ’ उनले भने । अबको प्रमुख कार्यभार नै जनताको अवस्था बदल्नु रहेको उनको भनाई छ । ‘हामीले पुरानो राजनीतिक व्यवस्था बदल्यौं तर, नयाँ व्यवस्थामा पनि आम जनताका जीवन यापन सहज हुन सकिरहेका छैनन् । अनेक कारणहरु होलान्, अनेक अवरोधकहरु होलान् । तर, जनताले त्यस्ता सबै विषयमा चासो राख्दैनन् । केबल आफ्नै दैनिकी र भान्सासंग सम्बन्धित विषयम अफ्ठेरो परेको महसुश जनतामा हुनेगर्छ । सामान्य विषयमा पनि राज्यको उपलव्धता हुँदा जनताका समस्या समाधानमा सहायक बन्न सक्छ । हामीले त्यहीँ भएर अब जनताको अवस्था फेर्ने कामको अगुवाई गर्नुपर्ने छ’ उनले भने । नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत रहेका गिरीले वि.सं.२०६१ माघ १९ गते तत्कालीन शाही कदमको विरोधमा आन्दोलनको नेतृत्व गरेको भन्दै पक्राउ परेका व्यक्ति हुन ।

०६१ माघ २७ देखि ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भागेका उनले जेलमुक्त भएपछि ०६२÷६३ को जनआन्दोलनमा यहाँको कमाण्ड सम्हालेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : ०९ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर