३ पुस २०८२, बिहिबार | December 18, 2025

भोजप्रसाद श्रेष्ठको सुझाव : काँग्रेसमै बस्नुस तर सूर्यमै भोट हाल्नुस, मत खेर नफाल्नुस



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही-२(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाव दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उनले काँग्रेसमै रहे पनि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् ।

‘नेपाली काँग्रेसका मित्रहरु यो क्षेत्रमा तपाईका उम्मेद्वार छैनन् त्यसैले तपाईहरु काँग्रेसमै बस्नुस तर भोट सूर्यमा हाल्नुस, आफ्नो मत खेर नफाल्नुस ।’-नेता श्रेष्ठले भने । कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग-सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उनले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गरेका हुन् ।

आगामी मंसिर-४ को निर्वाचलनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भब रहेको बताउँदै उनले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गरे ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३७ बजे

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित