४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्जमा विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट, २ जना घाइते



नेपालगन्ज । नेपालगन्जमा विस्फोटक पदार्थ बनाउने क्रममा विस्फोट हुँदा २ जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका १० भृकुटी नगरमा डेरा गरि बस्ने २ जनाले विस्फोटक बदार्थ बनाउने क्रममा बिस्फोट हुँदा दुबै जना घाइते भएको प्रहरीले जनाएको छ ।

भृकुटीनगर स्थित स्थानीय दिवाकर बिक्रम मल्लको घरमा डेरा गरि बस्ने सल्यानका २७ वर्षिय डिल्ली बहादुर बीसी क्षेत्री र कैलाली घोडाघोडी घर भई बीसीसँगै डेरा गरि बस्ने ३३ वर्षिय धर्मबहादुर सुनार विस्फोटक पदार्थ बनाउने क्रममा बिस्फोट भएर घाइते भएको बाँके प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

घाइते भएका दुबै जनालाई भेरी अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेजमा पठाईएको र घाइतेहरुमध्य धर्मबहादुर बिक गम्भीर अवस्थामा रहेको डीएसपी घर्तीले बताए ।

घटनास्थललाई शील गरि नेपाली सेनाको बम डिस्पोजल टोलिले अनुसन्धान थालेको प्रहरीले जनाएको छ । सेनाको अनुसन्धान पछि मात्र घटनाको वास्तबिक विवरण आउने डीएसपी घर्तीले बताए ।

घाइते डिल्ली क्षेत्री विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष हुन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ४८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज