६ पुस २०८२, आइतबार | December 21, 2025

गोप्य विवरण सार्वजनिक गरेको भन्दै सी चिनफिङले गरे क्यानाडेली प्रधानमन्त्री टुडुरोको आलोचना



बाली । चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर सम्मेलनको साइडलाइन भेटमा राष्ट्रपति सीले क्यानडाका प्रधानमन्त्रीमा “इमानदारी“ को कमी भएको आरोप लगाए । राष्ट्रपति सीले  कथित चिनियाँ जासुसी र क्यानाडाको चुनावमा हस्तक्षेपबारे क्यानडाको दाबीलाई संकेत गर्दै थिए । दुई नेताबीच धेरै समयपछि पहिलो पटक भेट भएको थियो ।

पत्रकारहरूले खिचेको फुटेजमा विश्व नेताहरूको भेलामा राष्ट्रपति सी र ट्रुडो एकअर्काको नजिक उभिएको र अनुवादकमार्फत कुराकानी गरिरहेको देख्न सकिन्छ ।
हामीले छलफल गरेका सबै कुरा चुहावट भएको छ र त्यो उपयुक्त छैन,“ चिनियाँ नेताले  ट्रुडोलाई भने। सीको भनाइ सुनेपछि मुस्कुराउँदै क्यानाडाली प्रधानमन्त्रीले जवाफ दिए “क्यानडामा हामी स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छौं र हामीले जारी राख्नेछौं“। ट्रुडोले आफ्नो भनाई सक्नुअघि नै सी उनीसँग हात मिलाएर हिडेका थिए  ।

दुई नेताबीचको भेटले चीन र क्यानडाबीचको तनावलाई प्रकाश पारेको छ । सन् २०१८ मा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई को हिरासत र र त्यसको बदलामा बेइजिङले दुई क्यानेडियनहरूलाई जासुसीको आरोपमा पक्राउ गरेपछि दुई देशबीको तनाब बढेको थियो । पछि तीनै जना रिहा भएका थिए । एजेन्सी

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : ५६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ