२ असार २०८३, मंगलबार | June 16, 2026

गोप्य विवरण सार्वजनिक गरेको भन्दै सी चिनफिङले गरे क्यानाडेली प्रधानमन्त्री टुडुरोको आलोचना



बाली । चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर सम्मेलनको साइडलाइन भेटमा राष्ट्रपति सीले क्यानडाका प्रधानमन्त्रीमा “इमानदारी“ को कमी भएको आरोप लगाए । राष्ट्रपति सीले  कथित चिनियाँ जासुसी र क्यानाडाको चुनावमा हस्तक्षेपबारे क्यानडाको दाबीलाई संकेत गर्दै थिए । दुई नेताबीच धेरै समयपछि पहिलो पटक भेट भएको थियो ।

पत्रकारहरूले खिचेको फुटेजमा विश्व नेताहरूको भेलामा राष्ट्रपति सी र ट्रुडो एकअर्काको नजिक उभिएको र अनुवादकमार्फत कुराकानी गरिरहेको देख्न सकिन्छ ।
हामीले छलफल गरेका सबै कुरा चुहावट भएको छ र त्यो उपयुक्त छैन,“ चिनियाँ नेताले  ट्रुडोलाई भने। सीको भनाइ सुनेपछि मुस्कुराउँदै क्यानाडाली प्रधानमन्त्रीले जवाफ दिए “क्यानडामा हामी स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छौं र हामीले जारी राख्नेछौं“। ट्रुडोले आफ्नो भनाई सक्नुअघि नै सी उनीसँग हात मिलाएर हिडेका थिए  ।

दुई नेताबीचको भेटले चीन र क्यानडाबीचको तनावलाई प्रकाश पारेको छ । सन् २०१८ मा हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झाउलाई को हिरासत र र त्यसको बदलामा बेइजिङले दुई क्यानेडियनहरूलाई जासुसीको आरोपमा पक्राउ गरेपछि दुई देशबीको तनाब बढेको थियो । पछि तीनै जना रिहा भएका थिए । एजेन्सी

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ८ : ५६ बजे

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

नेपालगन्ज । यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार