४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्घाखाँचीमा कोरोनाबाट दुईको मृत्यु, बुटवलबाट फर्किँदा मृत्यु भएका युवामा संक्रमण पुष्टी



अर्घाखाँची। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागी भैरहवा पठाईएकोमा रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय बरालले बताए ।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । अर्घाखाँचीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भुमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो । उनको पनि कपिलवस्तुबाट स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाईएको थियो । उनको पनि कोरोना पुष्टि भएको थियो । उनको भारतबाट आउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

अर्घाखाँचीमा जिल्लामा अहिलेसम्म संंक्रमितको संख्या ३७ पुगेका छ ।

जिल्लामा अहिलेसम्म ३७ जना संक्रमित मध्ये दुई जनाको मृत्यु भएको हो । ३४ जना सन्धिखर्कको हटारीको आईशोलेसनमा उपचार भईरहेको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।

संक्रमितमध्ये १ जना सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकलाई पनि कोरोना पुष्टि भएको हो । स्वास्थ्य सामान्य रहेको विकले बताए ।

उपमेयरलाई कोरोना देखिएसँगै सन्धिखर्क नगरपालिकाका सम्पर्कमा आएका जनप्रतिनिधी, कर्मचारीहरुको स्वाब संकलन गरेर नगरपालिकाका कामकाज बन्द गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ४१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा