५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अर्घाखाँचीमा कोरोनाबाट दुईको मृत्यु, बुटवलबाट फर्किँदा मृत्यु भएका युवामा संक्रमण पुष्टी



अर्घाखाँची। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागी भैरहवा पठाईएकोमा रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय बरालले बताए ।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । अर्घाखाँचीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भुमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो । उनको पनि कपिलवस्तुबाट स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाईएको थियो । उनको पनि कोरोना पुष्टि भएको थियो । उनको भारतबाट आउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

अर्घाखाँचीमा जिल्लामा अहिलेसम्म संंक्रमितको संख्या ३७ पुगेका छ ।

जिल्लामा अहिलेसम्म ३७ जना संक्रमित मध्ये दुई जनाको मृत्यु भएको हो । ३४ जना सन्धिखर्कको हटारीको आईशोलेसनमा उपचार भईरहेको छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।

संक्रमितमध्ये १ जना सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकलाई पनि कोरोना पुष्टि भएको हो । स्वास्थ्य सामान्य रहेको विकले बताए ।

उपमेयरलाई कोरोना देखिएसँगै सन्धिखर्क नगरपालिकाका सम्पर्कमा आएका जनप्रतिनिधी, कर्मचारीहरुको स्वाब संकलन गरेर नगरपालिकाका कामकाज बन्द गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ४१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं