१५ चैत्र २०८२, आइतबार | March 30, 2026

मतदानका लागि भारतबाट घर फर्किंदै नेपाली



वेदकोट । कामको सिलसिलामा भारतको विभिन्न ठाउँ गएका नेपाली घर फर्किरहेका छन् । पश्चिम सीमा नाका गड्डाचौकी भएर भारतबाट नेपाली नागरिक स्वदेश भित्रिरहेका हुन् । आउँदो आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा मतदानका लागि भारतमा काम गर्न गएका नेपाली घर फर्किरहेका छन् ।

“चुनावका लागि बिदा मिलाएर भोट हाल्न आएको हुँ, आफ्नो मताधिकारको प्रयोग गर्नुप¥यो”, अछामका हर्कबहादुर बोहराले भने, “हाम्रा दुःख कोही देख्दैनन्, भोट हाल्ने मात्रै छ ।”

स्वदेशमै रोजगारी सृजना नहुँदा कामको खोजीमा भारत पस्नु परेको बाजुराका मङ्गल साउदले बताए । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउ नै पाइँदैन”, उनले भने, “त्यसैले घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।” गाउँबाट मतदान गर्न आउन भनेपछि चुनावका लागि घर फर्किएको बैतडीका हरिश भट्ट बताउँछन् । “गाउँबाट फोन गरेर मतदानका लागि आउन भनेपछि काम छोडेर आएँ”, उनले भने, “अब स्वदेशमै रोजगारी सृजना गरेर विदेसिनुपर्ने बाध्यता हटाउनुपर्छ ।”

संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीकै सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उनले भने, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामका लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा क्रमिकरूपमा विकास भइरहेको भए पनि युवाहरूले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ ।

चुनावमा मतदान गरेर फेरि कामका लागि भारतर्फ जानुपर्ने बझाङका दुर्गा बोहरा बताउँछन् । “नेताहरूले चुनावको बेला हामीलाई सम्झन्छन्, गाउँबाट फोन गरेर भोट हाल्न आऊ कि आऊ भनेपछि आएको हो,” उनले भने, “मतदानपछि हाम्रो मतलब नै गर्दैनन् ।”

चुनावको सुरक्षालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमा नाकामा आवागमनमा रोक लगाएको छ । मतदान गर्न आउने पैदल यात्रुलाई सीमा प्रवेश गराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । “सीमा नाका पूर्णरूपमा सिल छन्, तर मतदान गर्न आउने मानिसलाई चेकजाँच गरेर भित्रिन दिइरहेका छौँ”, उनले भन्नुभयो, “यसमा प्रशासनले सहजीकरण गरिरहेको छ ।” गड्डाचौकी नाका भएर दैनिक तीन÷चार सयको हाराहारीमा नेपाली नागरिक भित्रिरहेका छन् । कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ०३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा