२० जेष्ठ २०८१, आइतबार | June 2, 2024

रुपन्देही – ४ मा प्रतिनिधिसभातर्फ महिला र दलित उम्मेदवार शून्य, १३ उम्मेदवारमध्ये ५ जना स्वतन्त्र



काठमाडौं । आइतबार हुने प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ मा महिला र दलित उम्मेदवार शून्य देखिएका छन् । कूल १३ उम्मेदवार रहेको उक्त निर्वाचन क्षेत्रमा महिला र दलित उम्मेदवारको संख्या शून्य रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । विभिन्न राजनीतिक दलबाट ८ जना पुरुष उम्मेदवार रहेकोमा ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

उक्त निर्वाचन क्षेत्रमा कूल मतदाताको संख्या १,१०,६५९ रहेको छ । जसमध्ये ६२ हजार ८४७ पुरुष र ४७ हजार ८१२ महिला मतदाता छन् ।  समावेशीकरणतर्फ समेत दलित उम्मेदवारको संख्या शून्य देखिएको छ ।यस क्षेत्रमा १५.३८ प्रतिशत मुस्लिम, ७.६९ प्रतिशत थारू, ७.६९ प्रतिशत आदिवासी जनजाति उम्मेदवार र ६९.२३ प्रतिशत मधेशी उम्मेदवार रहेका आयोगको तथ्यांकले देखाएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी गरी ८ जना राजनीतिक दलका उम्मेदवार  र ५ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ४८ बजे

चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा खेलमैदान निर्माण भएको छ

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२

रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ

आजको मौसम : दिउँसो देशभर आंशिक बदली हुने

काठमाडौं । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको