२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सैनिक अस्पतालमा मृत अवस्थामा भेटिए सैनिक जवान



काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी मृत भेटिएका छन् ।

अस्पतालमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेका हुन् । बिहीवार राति ड्युटीमा खटिएका विष्टले आफैंले बोकेको बन्दुक प्रहार गरी आत्महत्या गरेका बताईएको छ। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो।

राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेको बुझिएको नेपाली सेनाका सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए।

उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बताएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ३२ बजे

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि