७ कार्तिक २०८३, शनिबार | October 24, 2026

कुबेतबाट नेपाल फर्केका ५७ महिला बुटवल आईपुग्दै, नेपाली सेनाको समन्वयमा गन्तब्य पठाईने



बुटवल । तेस्रो मुलुकबाट नेपाल फर्केका नेपालीहरुलाई नेपाली सेनाको समन्वयमा उनीहरुको गन्तब्य स्थान पठाउने क्रम सुरु भएको छ । बिहिबार कुबेतबाट काठमाडौ आईपुगेका नेपालीहरु मध्य प्रदेश नम्बर ५ का ५७ जना महिलाहरुलाई बिहिबार नै बुटवल पठाईएको छ ।

कोभिड-१९ का कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरि स्वदेश ल्याउने क्रममा आज दोस्रोपटक कुवेतबाट ३ सय महिलाहरुलाई काठमाडौ ल्याइएको थियो ।

तीनसय जना मध्ये ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका ५७ जना महिलाहरुलाई उर्जा मन्त्री बर्षमान पुन ‘अनन्त’ को समन्वय र नेपाली सेनाको ब्यबस्थापनमा धुम्बाराहीस्थित कुन्डिलिनी पार्टी प्यालेसको होल्डिङ सेन्टरमा केहिबेर होल्डमा राखेरबुटवल पठाइएको हो ।

बुटवलमा लुम्बिनी बाणिज्य क्याम्पसमा सेनाले बनाएको होल्डीङ सेण्टरमा राखेर उनीहरुलाई गन्तब्य सम्म पु¥याउने तयारी भईरहेको नेपाली सेनाले जनाएको छ ।

११ बजे सम्म बुटवल आईपुग्ने उनीहरुलाई यातायात ब्यवसायीहरुको सहकार्यमा गन्तब्य पठाउने तयारी भईरहेको नेपाली सेनाका मध्य पृतना हेडक्वाटरका पृतनापति संजय थापाले जानकारी दिएकाछन् ।

कुबेतबाट बिहिबार नेपाल झरेर बुटवल आउंदै गरेका महिलाहरुलाई सुरुमा बाणिज्य क्याम्पसमा होल्डमा राखिने र उनीहरुको स्थायी बमसस्थान सम्म होम क्वारेन्टाईनमा बस्ने गरि पु¥याईदिने ब्यवस्थापन नेपाली सेनाले गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ९ : २५ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना