२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

कुबेतबाट नेपाल फर्केका ५७ महिला बुटवल आईपुग्दै, नेपाली सेनाको समन्वयमा गन्तब्य पठाईने



बुटवल । तेस्रो मुलुकबाट नेपाल फर्केका नेपालीहरुलाई नेपाली सेनाको समन्वयमा उनीहरुको गन्तब्य स्थान पठाउने क्रम सुरु भएको छ । बिहिबार कुबेतबाट काठमाडौ आईपुगेका नेपालीहरु मध्य प्रदेश नम्बर ५ का ५७ जना महिलाहरुलाई बिहिबार नै बुटवल पठाईएको छ ।

कोभिड-१९ का कारण बिदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरि स्वदेश ल्याउने क्रममा आज दोस्रोपटक कुवेतबाट ३ सय महिलाहरुलाई काठमाडौ ल्याइएको थियो ।

तीनसय जना मध्ये ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका ५७ जना महिलाहरुलाई उर्जा मन्त्री बर्षमान पुन ‘अनन्त’ को समन्वय र नेपाली सेनाको ब्यबस्थापनमा धुम्बाराहीस्थित कुन्डिलिनी पार्टी प्यालेसको होल्डिङ सेन्टरमा केहिबेर होल्डमा राखेरबुटवल पठाइएको हो ।

बुटवलमा लुम्बिनी बाणिज्य क्याम्पसमा सेनाले बनाएको होल्डीङ सेण्टरमा राखेर उनीहरुलाई गन्तब्य सम्म पु¥याउने तयारी भईरहेको नेपाली सेनाले जनाएको छ ।

११ बजे सम्म बुटवल आईपुग्ने उनीहरुलाई यातायात ब्यवसायीहरुको सहकार्यमा गन्तब्य पठाउने तयारी भईरहेको नेपाली सेनाका मध्य पृतना हेडक्वाटरका पृतनापति संजय थापाले जानकारी दिएकाछन् ।

कुबेतबाट बिहिबार नेपाल झरेर बुटवल आउंदै गरेका महिलाहरुलाई सुरुमा बाणिज्य क्याम्पसमा होल्डमा राखिने र उनीहरुको स्थायी बमसस्थान सम्म होम क्वारेन्टाईनमा बस्ने गरि पु¥याईदिने ब्यवस्थापन नेपाली सेनाले गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ९ : २५ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३