२१ भदौ २०८३, आइतबार | September 6, 2026

भारतीयबाट नेपाली भूमिमै सशस्त्र प्रहरीमाथि आक्रमण, सर्लाहीको झडपमा एकजनाको मृत्यु



सर्लाही । भारतबाट जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्न खोज्दा सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

भारतीयले जवरजस्ती गर्दै प्रसशस्त्र हरीमाथि नै आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

तस्करी गर्न नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको थियो । घटनामा भारतीय नागिरक दुई र सशस्त्र प्रहरीका तीन जना घाइते भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले बताउनुभयो । त्यसक्रममा बिहारको सितामढी लालवन्दीका लगन राम भन्ने व्यक्ति पक्राउ परेका छन् ।

शुक्रबार बिहान २०/२५ भारतीयहरु सशस्त्र प्रहरीको संग्रामपुरस्थित बीओपीमा आएर निहुँ खोजेका थिए । त्यसको केही बेरपछि ठूलो समुहमा आएका भारतीयसँग विवाद बढेको सशस्त्र प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  १२ : ३५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका