१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रतिनिधिसभाको पहिलो नतिजा : मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली निर्वाचित



काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएकाछन् ।

प्रतिनिधि सभामा एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा गौचनले नेकपा एमालेका प्रेम तुलाचनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

कांग्रेसका पूर्वसांसद रोमि गौचन थकालीका छोरा योगेश २९ वर्षकै उमेरमा सांसद बन्न सफल भएकाछन् ।

गौचनले गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने निकतटम प्रतिद्वन्द्वी एमालेका तुलाचनले ३ हजार ७८ मत मात्रै पाउन सके ।

यसअघि २०७४ को निर्वाचनमा तुलाचनले योगेशका बुवा रोमीलाई पराजित गरेका थिए । यसपटक छोराले बाबुलाई हराउने तुलाचनलाई नै पराजित गर्न सफल भएकाछन् । योगेश पर्यटन व्यवसायी हुन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ४९ बजे

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा