२२ माघ २०८२, बिहिबार | February 5, 2026

काठमाडौं-४ मा गगन थापा विजयी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फराकिलो मतान्तरले जितेका छन् । नेकपा एमालेका राजन भट्टराईलाई उनले ७ हजार ४ सय ५६ मतान्तरले जितेका हुन् । प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाएका छन् ।

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए । नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन् । गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो । जुन एमालेको पकड क्षेत्र मानिन्छ । उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो ।

स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि थापाले झिनो अग्रता कायम गरे । खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए ।

बुढानीलकण्ठ-२ २७०५ मतम खसेको थियो । थापाले १३५८ र भट्टराईले ९४७ मत ल्याए । यो पनि स्थानीय तहमा एमालेले जितेको वडा हो ।

बुढानीलकण्ठ-८ मा थापाले ३३५५ खस्दा थापाले १४६४ ल्याए । भट्टराईको ११३१ मत रह्यो । यो पनि एमालेको प्रभावशाली वडा हो ।

बुढानीलकण्ठकै वडा नम्बर ९ थापाले १२३६ मत ल्याए भने भट्टराईको जम्मा ७७६ मत आयो । वडा नम्बर १० मा थापाले २२४८ मत ल्याए भने भट्टराईले १९३१ मत ल्याए ।

वडा नं १२ मा १५०७ थापाका पक्षमा खस्यो भने भट्टराईका पक्षमा ११५३ मत खस्यो । १३ नम्बर वडामा १६९१ थापाको मत रह्यो भने भट्टराईको जम्मा १४६० आयो ।

काठमाडौं महानगर सुरु भएपछि भने मतान्तर झन् फराकिलो बन्दै गयो । वडा नं १ मा ९८४ थापाका पक्षमा खस्यो भने जम्मा ३६७ भट्टराईले पाए । त्यसैगरी वडा ७ मा झन्डै दोब्बर ४५४४ मत ल्याए भने भट्टराईले २३०४ मत ल्याए ।

यसैगरी वडा ८ मा १४९८ मत थापाका पक्षमा खसेको छ भने जम्मा १०७५ भट्टराईले पाएका छन् । वडा नं ३० मा २२८३ मत र भट्टराईले ८२३ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५४ बजे

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै