२२ बैशाख २०८१, शनिबार | May 5, 2024

पाकिस्तानी शीर्ष न्यायाधीसको खुलासा : इमरान खानमाथि हत्याको अर्को प्रयास हुन सक्छ



इस्लामावाद । पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् ।

राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको विषयमा व्यापारीहरूको संस्थाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकलेयस्तो टिप्पणी गरे । उनले गुप्तचर रिपोर्टलाई उद्धृतसमेत गरेका थिए ।

यस महिनाको सुरुमा, ७० वर्षीय खानलाई वजिराबाद सहरमा इस्लामाबादमा ‘लङ्ग मार्च’ गर्ने क्रममा एक आक्रमणकारीले खुट्टामा गोली हानेका थिए । आक्रमणमा खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का एक समर्थकको मृत्यु भएको थियो । उक्त हमलामा एक दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पार्टीले आफ्नो मार्च स्थगित गर्न बाध्य पारेको थियो ।

पूर्वक्रिकेटर खानले वर्तमान प्रधानमन्त्री शहबाज सरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैन्य अधिकारी जनरल फैसल नसीरलाई आक्रमणको योजना बनाएको आरोप लगाएका छन् । एजेन्सी

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५८ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै