६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

खोटाङमा माओवादीका रामकुमार राईको अग्रता कायमै



खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर फेरि बढाएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राईले चार हजार तीन सय १६ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल भट्टराईले तीन हजार पाँच सय ८३ मतसहित पछ्याइरहेका छन् । राई भट्टराईभन्दा सात सय ३३ मतले अगाडि हुनुहुन्छ ।

मतगणनामा जनता समाजवादी पार्टीका कृष्णकुमार राईले तीन सय ६४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सर्जु श्रेष्ठले एक सय आठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले २२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका दीपक मगरले ७६, आमूल परिवर्तन मसिहाँ पार्टीले ३८ र स्वतन्त्रका जयन्द्रकुमार राईले ९७ मत प्राप्त गरेका छन् । कुल नौ हजार ४७ मत गणना हुँदा चार सय ४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (१) मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई एक सय २८ मतले अगाडि छा् । वीरबलकाजीले तीन हजार आठ सय १५ तथा नेकपा (एमाले)का १ नं प्रदेश समिति सदस्य पाँचकर्ण राई ‘पिके’ले तीन हजार छ सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिएका छन् ।

यस्तै, प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालभन्दा चार सय ९५ मतले अगाडि छन् । महामन्त्री राईले चार हजार पाँच सय एक मत प्राप्त गर्दा दङ्गालले चार हजार छ मत प्राप्त गरेका छन् ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात ४७ दशमलव १८ प्रतिशत मात्र मत खसेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा १ मा १० र प्रदेशसभा २ मा छ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ०५ बजे

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला