२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप-२०२२ : पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।

दोहास्थित स्टेडियम-९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो ।

लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २० बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई