२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

विश्वकप-२०२२ : पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।

दोहास्थित स्टेडियम-९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।

खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो ।

लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।

मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अङ्क जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

मेक्सिको एक अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अङ्क जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : २० बजे

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको