१० चैत्र २०८२, मंगलबार | March 25, 2026

संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी



काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन ।

विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । समाजवादीमा प्रवेश गरेपछि भने उनी पहिलोपटक सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी भएका हुन ।

विसं २०२९ चैत १० गते दाङको गठवामा भगवतीप्रसाद र थिवरात्री चौधरीको सुपुत्रका रुपमा जन्मिएका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन । राजनीतिसँगै हाल उनी विद्यावारिधि अध्ययनरतसमेत हुन ।

विसं २०४५ मा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति सुरु गरेका हुन । विसं २०४६ मा उनले अनेरास्ववियु छैटौँको सदस्यता लिए । चौधरी २०४७ सालमा एमाले प्रवेश गरे । विसं २०४८ मा चौधरीले अनेरास्ववियुको क्याम्पस प्रारम्भिक कमिटीमा बसेर काम गरे । उनी २०७५ सालमा एमाले र माओवादी एकता केन्द्र भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य बने । चौधरीले नेकपाको दाङ जिल्लाको सहइञ्चार्ज भएर पनि काम गरे ।

विसं २०७४ मा सांसदमा निर्वाचित भएपछि उनले संसद्का अर्थ समितिमा बसेर पनि काम गरे । विकास र अर्थतन्त्रमा विशेष रुची राख्ने मन्त्री चौधरी २०५९ सालमा भएको प्रतिगमनविरुद्धको आन्दोलनका क्रममा तीन महिना जेल बसेका थिए । सांसद चौधरी आफूलाई समानताको पक्षधर तथा सामाजिक सद्भाव र एकताको पक्षधरका रुपमा परिचित गराउन चाहन्छन ।

पिछडिएको क्षेत्र, जात र समुदायको पक्षमा उनले निरन्तर वकालत गदै आएका छन । अधिकार र पहिचानका लागि हुने आन्दोलनमा मन्त्री चौधरीको नेतृत्वदायी भूमिका रहँदै आएको छ । तीन दशक लामो राजनीतिक यात्राका क्रममा उनले दोस्रोपटक सांसद हुने अवसर पाएका हुन ।

एमालेकी शान्ता चौधरीलाई पाँच हजार मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन । मन्त्री चौधरीले २६ हजार पाँच सय ६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी शान्ताले २१ हजार चार सय ७९ मत पाएका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : २४ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण