२ पुस २०८२, बुधबार | December 18, 2025

भक्तपुरमा आज दिनभरि नेमकिपाको विजय र्‍याली



भक्तपुर। भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुश निकालेको छ ।

जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । गोल्मढीबाट सुरू भएको जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ । त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएको छ ।

पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ ।

भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ५५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल