२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

भक्तपुरमा आज दिनभरि नेमकिपाको विजय र्‍याली



भक्तपुर। भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले मतदाताहरूलाई धन्यवाद दिन र विजय उत्सव मनाउन आज दिनभर र्‍याली चलाउन भएको छ ।

पार्टी केन्द्रीय कार्यालय गोल्मढी भक्तपुरबाट शनिबार दिउँंसो साढे ११ बजेबाट जुलुश निकालेको छ ।

जुलुशले भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । गोल्मढीबाट सुरू भएको जुलुश सुकुलढोका, टौमढी, गहिटी, नासमना, सिद्धपोखरी हुँंदै दरवार स्क्वायरमा पुग्नेछ । त्यहाँंबाट पुनः चोछें, भुलाछें, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, सूर्यमढी, दतात्रय हुँंदै पुनः पार्टी केन्द्रीय कार्यालय गोल्मढीमा पुने कार्यक्रम छ । नगर परिक्रमा गर्न दिनभर लाग्ने जनाइएको छ ।

पार्टीको धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबारदेखि सुरु भएको हो । यो कार्यक्रम चार दिनसम्म चल्नेछ । पहिलो दिन भक्तपुर क्षेत्र नम्बर १ चाँंगुनगर नगरपालिकाको ताथली र सुडालमा धन्यवाद ज्ञापन गरिएको थियो । शनिबार भक्तपुर नगरभरि गर्ने कार्यक्रम तय गरिएको छ । भोलि आइतबार र पर्सी फेरि चाँंगुनारायण नगरपालिका क्षेत्रमा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ ।

भक्तपुर १ मा पार्टीका प्रेम सुवाल ४२ हजार सात सय ६० मतका साथ विजयी भएका थिए । यहाँं एमालेका नवराज गेलालले ११ हजार नौ सय ५८, हलोले नौै हजार तीन सय तीन र सतारुढ कांग्रेससहितको सतागठबन्धनकोतर्फबाट माओवादीका सुनिल गोठेले पाँच हजार दुई सय ८३ मत पाएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १२ : ५५ बजे

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ

करका दर हेरफेर आर्थिक अपराध हो, संसदीय छानबिन हुनुपर्छ : वर्षमान पुन

काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ