१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

नेपालको यस्तो गाँउपालिका जहाँका अध्यक्ष कोरोना महामारी फैलिएकोमा औधी खुसी छ्न्



नेपालगन्ज । कोरोनाको कहरले थारै भएपनि बिश्राम लिएपछि ३ साता पहिले नेपालकै कोरोना इपिसेण्टर बनेको बाँकेको नरैनापुरले डाक्टर पाएको छ ।

बिजुली, सडक, टेलिफोन लगायतको आधारभुत सुबिधा नभएको भन्दै नरैनापुरमा स्वास्थ्य संस्था भएपनि अहिलेसम्म डाक्टर गएका थिएनन् । कारोना कहरकै बिच लकडाउनमा करिब ११ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राख्न बाध्य नरैनापुरमा बेलैमा डाक्टर नपाएकाले एकजनाको ज्यान समेत गएको थियो । रातभरी बान्ता गर्दा औषधि लेखिदिने डाक्टर र अस्पताल पु(याउने एम्बुलेन्स नभएर उनको ज्यान गएको थियो ।

क्वारेन्टाइन व्यवस्थापनमा हम्मे हम्मे परेको गाउँपालिकामा एकको मृत्यु हुनु र गाँउकै केहि असमाजिक मानिसको उक्साहटमा क्वारेन्टाइनबाट संक्रमित भगाउने, एम्बुलेन्स, प्रहरी गाँउ आउन नदिने कामहरु पनि सँगसँगै भएका थिए । क्वारेन्टाइनबाट संक्रमित भगाउने बिषयमा नरैनापुरले देश मै बदनामी पनि कमायो ।

आन्तरिक आयस्रोत शून्य बराबर भएको गाउँपालिकाले एक दुई संस्थाबाट सामान्य सहयोगबाहेक ठूलो आर्थिक सहयोग पाएको छैन । संघीय र प्रदेश सरकारको बिनियोजित बजेटकै भर पर्नुपर्ने बाध्यता रहेको नरैनापुरमा १ हजार बढीलाई क्वारेन्टाईन ब्यवस्थापन, संक्रमितलाई आइसोलेसन र हरेक दिन भारतबाट भित्रिने नेपालीको लागत राख्नु चानचुने कुरा थिएन । कतिपय अवस्थामा फोन नउठाएको भन्दै स्थानीय प्रशासनले जनप्रतिनिधिले असहयोग गरे भनेर समेत गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई आरोप लगाएका पनि थिए ।

तराइको सुगम क्षेत्रमा पनि नरैनापुर गाउँपालिकाले अनेकन् समस्या झेल्दै बिजुली अभावमा वर्षौ बिताएको छ । अलिवर्ष पहिलेसम्म भारतीय मोवाईलबाट आएसडी कल गर्दै आफ्नो देशको सदरमुकाम नेपालगन्जसँग सम्बन्ध बनाउनु पर्ने बाध्यता पनि नरैनापुरले भोगेको छ । ज्वरो आउँदा, टाउको दुख्दा वा प्रसुती हुनुपर्दा सडक नभएकाकारण भारतमा जान बाध्य नरैनापुरको बिगत कहालीलाग्दो नै छ ।

नरैनापुरमा डाक्टर नजानुको प्रमुख कारण थियो गांउमा बिजुली नहुनु । कोरोना कहरमा गाउँमा छिटो बिजुली बाल्नु र क्वारेन्टाइनमा बसेकालाई सर्पदंशदेखि अन्य सुबिधा दिनु राज्यको प्रमुख कर्तब्य हुन जान्थ्यो । प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज र प्रदेशसभा सदस्य कृष्णा केसीको पहलमा बिजुलीको पाले पुगेपनि पोल गाड्ने ठेकेदारहरु कोरोनाका डरले काम बन्द गरेर बसेका थिए ।

बाँकेमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर गएपछि रामबहादुर कुरुम्वाङलाई केहि गरेर देखाउनु थियो । उनले अठोट गरे नरैनापुरमा बिजुली बाल्ने । ठेकेदार कम्पनीलाई उनले आफुसँगै बस्ने प्रतिबद्धता ब्यक्त गर्दै काम सुचारु गर्न भने । बाँके पुगेपछि ३ पटक नरैनापुर पुगेका सिडीओ कुरुम्वाङले लगातार आश्वासन दिएपछि काम सुरुभयो र बिजुलीको पोल गाडीयो र तार पनि तांगियो । । ‘अव चाहेको बेलामा बिजुली बाल्न सकिन्छ’, सीडीओ कुरुम्वाङले भने । स्याङ्जाबाट बाँकेमा सरुवा हुँदा नै कुरुम्वाङ आफु कोरोना संक्रमित भएर पनि बांकेलाई राज्यको अनुभुति दिलाउँछु भन्ने अठोट लिएका थिए । ‘मानसिकरुपमा संक्रमित हुन तयार भएर बांके आएको थिए’, उनी थप्छन् । प्रशासक नै डराएको अवस्थामा जनताले सुरक्षित महसुस गर्दैनन भनेर आफु आएदेखि कार्यालय कुरेर नबसेको कुरुम्वाङले भने ।

पहिलो पटक डाक्टरको मुख हेर्न पाउँदा नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह अहिले दंग परेकाछन् । पहिलो पटक डाक्टर गाँउ आएकाले उनले डाक्टरलाई बस्ने खाने ब्यवस्था आफैले मिलाएकाछने भने अधिकांश समय उनी डाक्टरसँगै हिंडिरहेकाछन् । ‘बिजुली, सडक, र पक्की घर नभएकाले डाक्टर आउन मानेका थिएनन् , अहिले सबैको ब्यवस्था भएको छ र डाक्टर पनि आएकाछन्’ अध्यक्ष शाहले खुशी हुँदै बताए, ‘म त कोरोनालाई धन्यबाद दिन्छु, जसको कारण १४ दिनमा नरैनापुरमा बिजुली बल्यो, डाक्टर पनि आए ।’

क्षमताले भ्याएसम्म कोरोना भाइरससँग प्रत्यक्ष लड्यो गाउँपालिका र लडिरहेको छ । यता गाउँपालिका अध्यक्ष भने यस्तो अवस्थासँग जुध्न सबैको साथ र सहयोग नभएको भए सम्भव हुने थिएन भन्छन् ।

कुनैबेला ११४ बढी संक्रमित रहेको नरैनापुरमा अव ४ जनामात्र संक्रमित छन् जुन सम्भवत शनिबार नै डिस्चार्ज हुनेछन् । नरैनापुरमा डाक्टर पुगेपछि स्वास्थ्य कार्यालय बाँकेलाई पनि केहि सहज भएको छ । आइसोलेसन ब्यवस्थापनमा नेपालगन्जबाट डाक्टर पठाउनु पर्ने बाध्यताको अन्त्य भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेस श्रेष्ठले बताउँछन् । ‘प्रसुती, सामान्य रुघाखोकीका लागि पनि ४० किलोमिटर दुरी पार गर्नुपर्ने नरैनापुरबासीको बाध्यता सकिएको छ ।’ उनले भने ।

अहिले गाउँपालिका लगभग सामान्य अवस्थामा फर्किसकेको छ । बाँकेका स्थानीय तहमा सबै भन्दा बढी कोरोना संक्रमित भएको गाउँपालिका र अव्यवस्थित क्वारेन्टाइनमा भरिभराउ भएको गाउँपालिकाका रुपमा रहेको पालिकामा अहिले कोरोनाको भयावह बिस्तारै कम भएको छ ।

गाउँपालिकाले माग गरे अनुसार प्रदेशको सामाजिक विकास मन्त्रालयले डाक्टर सागर पन्तलाई गाउँमा पठाएपछि गाँउमा बिजुली र सडक पछिको अर्को खुसी थपिएको छ ।

यसै हप्ता बिजुली सँगै अघिल्लो वर्ष बनेको भौतिक पूर्वाधार सहितको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर पनि पाएको छ । नरैनापुर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रहे पनि एमबीबीएस डाक्टर नपाउँदा उक्त पद रिक्त थियो । कोरोना भाइरसले ठूलो चोट दिए पनि बिजुली बत्ती र चिकित्सक पाउँदा अहिले गाउँपालिकावासीले केही राहत महसुस गरेका छन् ।

रोग, भोक र शोकले बिक्षिप्त नरैनापुरका अध्यक्ष शाह गांउपालिकाको कुनै आयश्रोत नभएकाले प्रदेश र संघले नरैनापुरलाई हेर्नुपर्ने बताउंछन् । ‘रुकुममा ४ लेनको बाटो पुग्दा नरैनापुरमा किन पुगेन रु यो बिभेद हो’, अध्यक्ष शाहले पीडा पोखे ।

डाक्टर नै नपुगेका गाउँमा डाक्टरको भुमिकामा पुग्न पाउँदा डाक्टर सागर पन्तलाई पनि रमाइलो लागेको छ । डाक्टर गाउँ पुगेको भन्दै हरेक दिन गाउँमा अगुवाहरुले सम्मान गर्दै खान बोलाउने र खुसी ब्यक्त गर्ने गरेको उनले बताए । टिचिङबाट एमबिबिएस गरेका पन्तलाई नरैनापुर चुनौती र सम्भावना दुबै भएको छ । ‘क्यारियरको सुरुवात नरैनापुरबाट गर्दैछु, चुनौती पनि छ सम्भावना पनि छ’, डा. सागरले भने ।

नरैनापुरमा डाक्टर नहुँदा स्वास्थ्य सम्बन्धी कुनै समस्या आए ४० किलोमिटर टाढा रहेको नेपालगन्ज वा भारतीय बजार धाउन गाउँलेहरु बाध्य थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ५४ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका