१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रत्यक्षतर्फको निर्वाचनमा कर्णालीमा महिलाकाे शून्य उपस्थिति



सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो ।

दैलेख १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी कुन्ती शाही चार हजार ६ सय १२ मत ल्याएर एकीकृत समाजवादीका अमर थापासँग पराजित भएकी छिन् । उनी राप्रपाबाट चुनाव लडेकी थिइन् । थापाले १८ हजार दुई सय ९७ मत ल्याएका थिए ।

यस्तै, माओवादीले जुम्लाबाट प्रतिनिधिसभामा गोमा गौतम (कुँवर)लाई उम्मेदवार बनाएको थियो । तर, गोमा राप्रपाका ज्ञानबहादुर शाहीसँग पराजित भइन । शहीले २२ हजार आठ हजार १९ मत ल्याउदा गोमाले ११ हजार नौ सय ५९ मत ल्याएकी थिइन ।

दैलेख २ (क)मा नेपाल मजदुर किसान पार्टीले लक्ष्मीकुमार सिंहलाई उठाएको थियो । उनले दुई सय दुई मत मात्रै ल्याइन । सुर्खेत १ (ख) मा नेपाल मजदुर किसान पार्टीले मनकली रामजालीलाई उठाएको थियो । उनले ६३ भोट ल्याएर भारी मतान्तरका साथ पराजित हुनुपर्‍यो ।  यस्तै, सुर्खेत २ (क) मा नेपाल मजदुर किसान पार्टीले बिजुकला रानालाई उठाएको थियो । उनले पनि तीन सय ६ मत ल्याएर  पराजित भइन ।

कर्णालीमा चुनावमा भाग लिएका साना दलका महिलादेखि ठुला दल माओवादीका महिला उम्मेदवारसम्मले एक सिट पनि प्रत्यक्षतर्फ नजित्दा फेरि पनि समानुपातिककै भरमा महिला सहभागिता हुने सम्भावना बढेको छ । प्रत्यक्षमा टिकट नदिएर समानुपातिकमा मात्र भर पर्नु पर्ने कर्णालीको अवस्था सुधार हुनुपर्ने महिला अधिकारबादीहरु बताउँछन् । हरेक कुरामा पछाडि परेको कर्णालीमा महिला सहभागिता समेत भारि मात्रामा पछि परेको छ ।

प्रतिनिधिसभा निर्वाचन ०७४ मा कर्णालीबाट प्रतिनिधिसभा निर्वाचनको १२ सिटका लागि ८१ उम्मेदवार प्रत्यक्ष निर्वाचनमा उत्रिएका थिए । जसमध्ये तीन जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार थिए ।

सुर्खेत २ बाट राष्ट्रिय जनमोर्चाले कृष्णकुमारी रावललाई उम्मेदवार बनाएको थियो । सुर्खेत १ बाट विवेकशिल साझा पार्टीले रम्मा आचार्यलाई उम्मेदवार बनाएको थियो । यसै गरी हुम्लाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले देवकी शाहीलाई उम्मेदवार बनाएको थियो ।

महिला सहभागिताको विषय कानुनमै उल्लेख छ । यसका साथै समावेशिताको विषय समेत कानुन मै व्यवस्था गरिएको छ  । तर, निर्वाचनका समयमा भने राजनैतिक दलहरूले महिला सहभागिता तथा समावेशिताको विषयलाई त्यति चासोका रूपमा राख्दैनन् ।

यसअघिको प्रतिनिधिसभा निर्वाचन ०७४ मा माओवादी र एमालेबीच गठबन्धन भएको थियो । गठबन्धनमा रहेका दललगायतका ठुला दलहरू कसैले पनि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाएका थिएनन् । यसकारण कर्णाली प्रदेशसभामा सबै महिला समानुपातिकबाट गएका थिए । यस पटक पनि त्यही समानुपातिकको आडमा मात्र महिलाको सहभागिता संसदमा हुने सम्भावना छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ३५ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी